समाज

वर्षा शुरु भएसँगै पर्वतका बासिन्दा रातभर जाग्राम बस्न बाध्य

वर्षा शुरु भएसँगै पर्वतका बासिन्दा रातभर जाग्राम बस्न बाध्य

पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ मा रहेको गजौटे खोला आसपासका बासिन्दाहरु रातभर जाग्राम बस्न थालेका छन । 

गत वर्ष घरमा बाढी पसेर दुःख पाएका स्थानीय अहीले पनि वर्षा शुरु भएसँगै रातभर जाग्राम बस्न बाध्य भएका हुन् । वस्ती माथी करोडौ सरकारी बजेटका आयोजना निर्माण हुँदा  थप पहिरोको जोमीम बढेको हो ।

दिउँसको समयमा बाढीले जोगीने भएपनि रातमा वर्षा हुँदा निदाउन नसक्ने गरेको स्थानीयको भनाइ छ । गत वर्ष साउनमा बाढी आउँदा बाढी पहीरो नियन्त्रणको अश्वासन पाएका स्थानीय अहिलेसम्म कुनै पनि काम नहुँदा चिन्तित भएका छन् । 

बाढी आउँदा जनप्रतिनिधिसहित जिल्लाका सबै सुरक्षा निकायले आएर आश्वासन दिने गरेपनि वस्ती जोगाउनका लागि बजेट नपर्दा यहाँका दुई सय परिवार त्रासमा बस्न बाध्य भएका छन् । मानव वस्ती नै नभएको सामुदायीक वन र  पाखो बारीमा सडक विस्तार गराउँदा वस्ती जोखिममा परेको जनप्रतिनिधिहरुको भनाइ छ । 

वडा कार्यलयले माग नै नगरेको स्थानमा बजेट परेर मन्त्रालयको दवाबमा कार्यान्वयन हुँदा गजौटे खोला आसपासका दुई सय घर जोखीममा परेका हुन् । पर्वतमा पहुँचको भरमा अनावश्यक स्थानमा बजेट पर्ने र कार्यन्वय हुने चलनका कारण सरकारी बजेटले नै विपद निम्त्याउने गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *