समाज

कारागारमा क्षमता भन्दा धेरै कैदी

कारागारमा क्षमता भन्दा धेरै कैदी

काठमाडौं । महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १ सय ६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा तेब्बर बढी ४ सय ५६ जना कैदी बन्दी राखिएको छ ।

अहिले कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेका छन् । हाल कारागारमा सबैभन्दा बढी लागूऔषधका १ सय ६७ जना कैदीबन्दी छन् ।

लागूऔषधका कारण पनि आपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको हो । जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागू औषधका बन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *