मुख्य समाचार

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

काठमाडौं । सरकारले खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ ।  

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खेलकुदमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् । 

सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड विनियोजन गरिएको छ । यस्तै, टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरिएको छ । मूलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण, सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोट्र्स स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *