पर्वत । पर्वतको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ ।
गाउँपालिकाले सेवा करारमा लिएका कर्मचारीहरु नियमानुसार नियुक्त नभएको भन्दै गाउँपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि करार सम्झौता रद्द गरेको जनाएको हो ।
गाउँ सभाको १७औँ अधिवेशनबाट पारित संगठन तथा ब्यवस्थापन सर्वेक्षण अनुसारको दरबन्दी भएका पद बाहेक गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सम्झौता रद्द गरेको हो ।
अत्यावश्यक सेवा एम्बुलेन्स र खोप कोल्डचेनतर्फ कार्यरत बाहेकका स्वास्थ्यकर्मीको पनि करार रद्द गरेको छ । सेवा सम्झौता रद्द गरेपछि झण्डै ३० जना कर्मचारीहरु सेवाबाट हटेका छन् ।