काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
मन्त्री गुप्ताले आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गरेका छन् । उनले राजीनामा दिएसँगै अब फेरि देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने समेत फेसबुकमा उल्लेख गरेका छन् ।
कर्मचारी नियुक्ति र सरुवामा घुस बार्गेनिङ भएको अडियो सार्वजनिक भएसँगै उनी विवादमा तानिएका थिए । यससँगै उनले राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेको थिए ।