समाज

भरतपुरको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर

भरतपुरको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर

चितवन । भरतपुर महानगरपालिका अन्तर्गतको मुख्य बजार क्षेत्र नारायणगढ लगायत विभिन्न स्थानमा पार्किङ समस्या तीव्र बनेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ । 

मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या झनै बढेको हो । पार्किङ समस्या समाधान गर्न महानगरले सक्रियता देखाएको छ । बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न सम्भाव्य स्थानहरू पहिचान, अध्ययन तथा अवलोकन गरिएको महानगरको भनाइ छ । 

अव्यवस्थित पार्किङले व्यवसायी र सेवाग्राही दुवैलाई असहज बनाएको जनाउँदै महानगरसँग समन्वय गरेर व्यवस्थापनका कामहरू अगाडि बढिरहेको महानगरले जनाएको छ ।  

एक्सप्रेस लेनमा पार्किङ गर्न नपाइने स्पष्ट पार्दै, त्यस्तो गतिविधिमा कारबाही भइरहेको र सर्भिस लेनमा जथाभावी पार्किङले बजार अस्तव्यस्त बनाएको ट्राफिक प्रहरीको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *