समाज

मधेश प्रदेश सभाको बैठक आज बस्दै

मधेश प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । अनिश्चितकालका लागि स्थगित मधेश प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ । 

सभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा पनि मधेश प्रदेश सरकारको आव २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ ।

सभाको चालु अधिवेशनको असार १ गते ११ औं बैठकमा अर्थमन्त्री यादवले आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्यय (बजेट वक्तव्य)  प्रस्तुत गरेका थिए । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको थिएन । त्यसपछि असार ११ गते प्रदेशसभाको १२ औँ बैठकमा प्रदेश सांसदहरुलाई रेडबुक (रातो किताब) वितरण गरिएको थियो । सो बैठकमा दुई जना साँसदलाई मात्र राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागि गराइएको थियो ।

रेडबुकमा गहिरो अध्ययन नपुगेको भन्दै सभामुख रामचन्द्र मण्डलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने जानकारी दिँदै अर्को बैठक २०८२ असार १२ बिहीबार १ बजे बस्ने गरी स्थगित गर्नु भएको थियो । तर १२ गते बैठक नबसी अनिश्चतकालका लागि स्थगित गरिएको थियो ।

मधेश प्रदेश सरकारले सार्वजनिक गरेको रेडबुकमा सत्ता नेतृत्व जनमत पार्टीभित्रै व्यापक असन्तुष्टिहरु व्यक्त गरिएपछि अनिश्चतकालका लागि स्थगित भएको बैठक बस्न लागेको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *