मुख्य समाचार

अर्थमन्त्री पौडेलसँग नवनियुक्त गभर्नरको भेटवार्ता

अर्थमन्त्री पौडेलसँग नवनियुक्त गभर्नरको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले भेटवार्ता गरेका छन् । 

आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा अर्थ मन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । 

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्ने विश्वास व्यक्त गरे।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।  

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *