समाज

सातै प्रदेशका प्रदेश प्रमुख र राष्ट्रपति पौडेलबीच भेटवार्ता

सातै प्रदेशका प्रदेश प्रमुख र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं । सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । 

बुधबार (आज) बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गरेका हुन् । 

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन् । 

भेटका क्रममा प्रदेश प्रमुखहरुले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *