काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।
उनीहरुको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएको भन्दै आजको लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको हो ।