जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्।
घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ चौरका चार जना स्थानीय रहेका छन् । घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका-७ दल्ली पुगेका उनीहरू माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा घाइते भएका हुन् ।
घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।
घर पोत्ने माटो खन्न गएका उनीहरू एकैपटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।

