मुख्य समाचार

खुमलटारमा माओवादी पदाधिकारी बैठक जारी

खुमलटारमा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसीरहेको छ । 

बैठकमा भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताका बारेमा संसदमा खेल्नुपर्ने भूमिका, सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । 

यस्तै, बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको आदेशका विषयमा छलफल भइरहेको बताइएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । 

सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *