Siddarth bankविज्ञापन
चाडपर्व

लिङ्गो ढाले सँगै ऐतिहासिक इन्द्रजात्रा पर्व सम्पन्न !

लिङ्गो ढाले सँगै ऐतिहासिक इन्द्रजात्रा पर्व सम्पन्न !

काठमाडौ ।

हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व सम्पन्न भएको छ ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको लिङ्गो बिहीबार अपरान्ह ढालेसँगै जात्रा समापन भएको हो । देशको पछिल्लो अवस्थाका कारण क्षमापूजा गरि छिटै लिङ्गो ढालेर जात्रा समापन गरिएको हो । इन्द्रजात्राको अन्तिम दिन कुमारी, गणेश र भैरवसहितको रथयात्रा गरिने परम्परा रहेपनि यस बर्ष रथयात्रा हुन सकेन । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *