मुख्य समाचार

दक्षिण कोरियामा ली जे–म्युङ राष्ट्रपति निर्वाचित

दक्षिण कोरियामा ली जे–म्युङ राष्ट्रपति निर्वाचित

एजेन्सी । दक्षिण कोरियामा विपक्षी उमेदवार ली जे–म्युङ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।  

छ महिनाअघि पूर्वराष्ट्रपति यून सुक–योलको देशमा सैनिक शासन लगाउने प्रयास असफल भएपछि उनलाई महाभियोग लगाएर हटाएपछि यो निर्वाचन भएको हो । ६१ वर्षीय ली तीन वर्षअघि मात्र महाअभियोग मार्फत अपदस्त यून सुक–योलसँग न्यून मातान्तरले पराजित भएका थिए । अहिले उनले यो निर्वाचनमा अप्रत्याशित जित हासिल गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सैनिक शासन लगाउने कदमका कारण दक्षिण कोरियामा ठूला विरोध प्रदर्शन शुुरु भएपछि पूर्वराष्ट्रपति यून सुक–योलको राजनीतिक भविश्य नै अन्त्य गरिदिएपछि कोरियामा निर्वाचन भएको हो । 

उनीविरुद्ध संसद्ले महाभियोगमा लगाएर पदबाट हटाएको थियो । अहिले पनि यून सुक–योलले शक्ति दुरुपयोग गरेको आरोपमा आपराधिक मुद्दा भोगिरहेका छन् । नवनिर्वाचित ली जे–म्युङ्गको सबैभन्दा ठूलो चुनौती प्रभावित र ध्रुविकृत भएको देशलाई एकताबद्ध गर्नु रहेको बताइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *