भोजपुर । भोजपुर नगरपालिका ५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यावसायमा लागेका छन् ।
वैदेशिक रोजगारीको शिलशिलामा आठ वर्ष बिताएका उनले व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन् । विदेशमा दुःख गर्नु भन्दा आफ्नै गाउँ ठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।
विष्ट विदेशबाट आएपछि ‘उन्नती कृषि तथा पशुपालन फर्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिक रुपमा कृषि पेसामा जुटेका हुन् । उनका उत्पादन स्थानीय बजारसँगै धरान, विराटनगर काठमाडौं लगायतका शहरमा जाने गरेका छन् ।
पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा किरा लाग्ने, जरा कुहिनेलगायतका रोग देखिन थालेकोमा भने उनको चिन्ता छ । खुर्सानी खेतीसँगै पशुपालन पनि गरिरहेकाले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानी खेती उनले गरिरहेका छन् र