काठमाडौ । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको शुभकामना व्यक्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेता कोइरालाल शुभकामना व्यक्त गरेका हुन् ।
समाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, 'जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सबैलाई शुभकामना ।'
सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन हुन सकेको छैन ।