काठमाडौं । सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।
मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । जसका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्घ हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको हो ।