मुख्य समाचार

कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । 

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिए । 

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एकसाता अघि उपचारका लागि अमेरिका गएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले बताए । 

बैठक आज दिउसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *