समाज

पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित

पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । 

नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा गत असार १६ मा मुद्दा दर्ता गरे बमोजिम पाठक आज अदालत उपस्थित भएका हुन् । साइबर ब्युरोमा परेको जाहेरीका आधारमा बयानका लागि पाठक जिल्ला अदालत काठमाडौ पुगेको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबीर देउवाको काठमाडौंका नक्सालमा रहेको हिल्टन होटेलमा लगानी रहेको सामग्री प्रकाशन गरेको घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै कुनै प्रमाण नभएको भन्दै पाठक बिरुद्ध उजुरी परेका हो । 

जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो । 

यस्तै, अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ । यस्तै, पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ । 

पाठकसंग बयान लिने क्रम जारी रहेको र आजै बयान सकिएपछि थुनछेक बहस शुुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *