सन्दीप जोरा र लोकेश बमको अर्धशतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत जापानसँगको खेलमा बलियो योगफल बनाएको छ ।
वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो । जोरा ३२ बलमा ५७ तथा लोकेश २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए ।
जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समाचार एकरएक विकेट लिए ।
नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको छ र पिचलाई कभरले ढाकिएको छ । दोस्रो इनिङमा वर्षा कायमै रहे ओभर घट्ने वा खेल रद्द हुने सम्भावना पनि रहेको छ ।
नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । जापानलाई पराजित गरेमा वा खेल रद्द नै भएमा पनि नेपाल समूह विजेता बन्दै श्रीलंकासँग क्वाटरफाइनल खेल्नेछ ।