बुटवलस् नेपालमा टीभीएस मोटर कम्पनीको, २ पाङ्रे र ३ पाङ्रे को एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा। लि। ले आज श्री गौराङ्ग इजी वे ट्रायल सेन्टर, तिलोत्तमा(५, कफी कम्पनी, मणिग्राम, बुटवलमा अपाचे रेस एक्सपेरियन्स ९ब्च्भ्० न्ए रेसिङ क्वालिफायर्सको बुटवल चरण सम्पन्न गरेको छ। बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा क्षेत्रका उदीयमान राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरहरूले व्यावसायिक रेस प्रशिक्षण र प्रतिस्पर्धात्मक रेसिङसहितको पूरा दिन बिताएका थिए।
बुटवलबाट अत्यन्तै उत्साहजनक प्रतिक्रिया प्राप्त भयो। क्षेत्रभरका राइडरहरूले ग्रिडमा आफ्नो स्थान सुरक्षित गर्न होडबाजी गरेपछि ७६ जना सहभागी पुगेसँगै दर्ता प्रक्रिया रोक्नुपरेको थियो। यस सहभागिताले बुटवलमा मोटरस्पोर्ट्सप्रतिको गहिरो र बढ्दो रुचि तथा पहिचान हुन तयार प्रतिभाहरूको ठूलो समूह रहेको पुष्टि गरेको छ।
च्याम्पियनहरूबाट प्रशिक्षण सहभागीहरूले नेपालका दुई उत्कृष्ट रेसरहरूबाट प्रशिक्षण लिएका थिएस्ड्ड श्री सुजन थापा मगर, पूर्व ब्च्भ् न्ए नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता
ड्ड सुश्री नवाङ मोक्तान, ट्र्याक तथा टार्मेक रेसिङमा चार पटककी राष्ट्रिय च्याम्पियन कार्यक्रमको सुरुवात राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी विस्तृत सैद्धान्तिक कक्षाबाट भएको थियो। त्यसपछि प्रशिक्षकहरूको निर्देशनमा राइडरहरूले गहन अन(ट्र्याक ड्रिलमार्फत सिकेका कुराहरूको अभ्यास गर्दै आफ्नो नियन्त्रण, आत्मविश्वास र रेसिङ सीपलाई निखारेका थिए।
प्रशिक्षणपछि मुख्य आकर्षणका रूपमा १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेस सम्पन्न भयो। ब्च्भ् न्ए ग्रान्ड फिनालेमा पुग्ने एकमात्र बाटो, अर्थात् शीर्ष तीनमा पर्न राइडरहरूले कडा प्रतिस्पर्धा गरेका थिए।
बुटवलका फाइनलिस्टहरूस् १६० सीसी वर्ग
ड्ड विजेतास् धीरज बि।क। ९३४।०७ सेकेन्ड
ड्ड प्रथम उपविजेतास् अभिषेक पन्थी ९३४।६२ सेकेन्ड
ड्ड द्वितीय उपविजेतास् अरिक श्रेष्ठ ९३४।८७ सेकेन्ड

यी तीन राइडरले ब्च्भ् न्ए ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्, जहाँ उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका शीर्ष क्वालिफायर्ससँग प्रतिस्पर्धा गर्नेछन्।
मञ्चमा सम्मानब्च्भ् न्ए बुटवल क्वालिफायर्स सबै सहभागीलाई प्रमाणपत्र वितरणसहित सम्पन्न भएको थियो, जसमार्फत ट्र्याकमा उत्रिएका प्रत्येक राइडरको कदर गरिएको थियो। त्यसपछि साथी राइडर, परिवारजन तथा दर्शकहरूको हौसलाबीच विजेताहरूको घोषणा गरी मञ्चमा सम्मान गरिएको थियो।
ूआज बुटवलबाट प्राप्त प्रतिक्रिया साँच्चै अभूतपूर्व रह्यो। ७६ जनामा दर्ता रोक्नुपर्नुले यस क्षेत्रमा मोटरस्पोर्ट्सप्रति कति ठूलो उत्साह छ भन्ने देखाउँछ। यीमध्ये धेरै राइडरहरू यसअघि कहिल्यै ट्र्याकमा उत्रिएका थिएनन्, तर आज उनीहरूले राष्ट्रिय च्याम्पियनहरूबाट प्रशिक्षण लिए र व्यावसायिक रेसरझैँ रेस गरे। जगदम्बा मोटर्स र टीभीएससँग मिलेर बुटवलमा ब्च्भ् न्ए ल्याउन पाउँदा हामी गौरवान्वित छौं। हाम्रा तीन फाइनलिस्टले ग्रान्ड फिनाले र त्यसपछि पनि सम्पूर्ण क्षेत्रलाई गौरवान्वित तुल्याउनेछन् भन्ने हामीलाई आशा छ।ू
श्री विशाल जैसवाल, प्रबन्ध निर्देशक, बालाजी अटोमोबाइल्स, बुटवल९बुटवल क्षेत्रका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलर०बुटवलदेखि विश्व मञ्चसम्म ग्रान्ड फिनालेको महत्त्व पोडियमभन्दा धेरै माथि छ। १६० सीसी र २०० सीसी वर्गमा प्रथम स्थान हासिल गर्ने विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्नेछन्, जहाँ उनीहरूले ५० भन्दा बढी देशका राइडरहरूसँग प्रतिस्पर्धा गर्नेछन्। त्यहाँ सफल हुने राइडरहरूले आफ्नो वर्गमा थप अन्तर्राष्ट्रिय रेसिङमा सहभागी हुने अवसर पाउनेछन्। यात्रा तथा आवासको सम्पूर्ण खर्च जगदम्बा मोटर्स ९टीभीएस नेपाल० र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्नेछन्। जगदम्बा मोटर्सस् नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको निर्माणब्च्भ् न्ए नेपालमा मोटरस्पोर्ट्स संस्कृति निर्माण गर्ने जगदम्बा मोटर्सको व्यापक प्रयासको एक हिस्सा हो। यसको उद्देश्य उदीयमान रेसर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर राइडरहरूलाई पहिलो पटक ट्र्याकमा उत्रिनेदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्ने स्पष्ट र संरचित मार्ग प्रदान गर्नु हो। यस प्रयासअन्तर्गतस्ड्ड अपाचे रेस एक्सपेरियन्स ९ब्च्भ्०स् तीन चरणमा वर्षभरि चल्ने कार्यक्रमस् ◦ अपाचे ट्र्याक एक्सपेरियन्सस् सतुङ्गलस्थित भेहिकल रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा ७–८ वटा खुला प्रशिक्षण सत्र, जहाँ जो कोहीले उचित राइडिङ प्रविधि र ट्र्याक सीप सिक्न सक्छन्।◦ अपाचे रेसिङ क्वालिफायर्सस् काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा पाँच क्षेत्रीय क्वालिफायर्स।◦ ब्च्भ् न्ए ग्रान्ड फिनालेस् नेपालका उत्कृष्ट राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पठाउने राष्ट्रिय प्रतिस्पर्धा।
ड्ड अन्तर्राष्ट्रिय मार्गस् टीभीएस वान मेक च्याम्पियनसिपमा सहभागी नेपाली रेसरहरूलाई जगदम्बा मोटर्स प्रा। लि। र टीभीएस मोटर कम्पनी, भारतले गर्दै आएको सहयोगमार्फत नेपालका उत्कृष्ट राइडरहरूले अन्तर्राष्ट्रिय सर्किटमा वास्तविक अनुभव प्राप्त गरिरहेका छन्। मद्रास इन्टरनेसनल सर्किटमा सुजन थापा मगरको जितले यस मार्गको उपलब्धि देखाउँछ।
यी प्रयासहरूले प्रशिक्षित र सुरक्षाप्रति सचेत राइडरहरूको आधार फराकिलो बनाउँदै रुचि भएका जो कोहीका लागि प्रतिस्पर्धात्मक रेसिङलाई सुलभ बनाइरहेका छन्।
जगदम्बा मोटर्स प्रा। लि। को बारेमानेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा। लि। देशकै सबैभन्दा विश्वसनीय अटोमोटिभ संस्थाहरूमध्ये एक हो। दशकौंदेखि कम्पनीले आफ्नो विस्तृत राष्ट्रव्यापी सञ्जाल, उद्योगमै अग्रणी बिक्रीपश्चात् सेवा तथा नवीन र उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धतामार्फत नेपालमा आवागमन सुविधाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। विश्वस्तरमा मान्यताप्राप्त उत्पादन तथा प्रविधि नेपाली उपभोक्तासम्म पुर्याउँदै र रोजगारी, सीप विकास तथा नेपालको अटोमोटिभ क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिँदै जगदम्बा मोटर्सले प्रगतिको यात्रा निरन्तर जारी राखेको छ।
