समाज

प्रतिनिधिसभा बैठक बस्दै, आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठक बस्दै, आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । 

आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । 

यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यसैगरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *