मुख्य समाचार

मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाको आक्रमण

मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाको आक्रमण

एजेन्सी । गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले आक्रमण गरेको छ । 

सहायता वितरण स्थलनजिक भएको यो घटनापछि संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र छानबिनको माग गरेको छ । गाजाको दक्षिणी भागमा रहेको त्यही सहायता केन्द्रमा इजरायली सेनाले दोस्रो दिन गोलाबारी गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले प्यालेस्टिनी नागरिकमाथि कुनै चेतावनी नदिइ सीधै गोली चलाएको आरोप छ । यो प्रकारको आक्रमणको अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले निन्दा गर्दै आएका छन् । 

सहायता वितरण स्थल वरिपरि भएको हिंसात्मक घटनालाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चासो बढेको छ । यसैबीच संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजामा सहायता सामग्री बाँड्ने क्रममा प्यालेस्टिनी नागरिक मारिएको घटनामा अनुसन्धान गर्न अपील गरेका छन् । रेडक्रसले १ सय ७९ जनामाथि गोली प्रहार गरिकएको बताएको छ । जसमा २१ जनाको मृत्यु भइसकेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *