काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २९ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।