समाज

लामो समयदेखि वर्षा नहुँदा धनुषाका किसान समस्यामा

लामो समयदेखि वर्षा नहुँदा धनुषाका किसान समस्यामा

धनुषा । लामो समयदेखि वर्षा नहुँदा धनुषाका किसान समस्यामा परेका छन् । 

समयमा वर्षा नहुनु र वैकल्पिक सिँचाइको व्यवस्था नहुनाले किसानले रोपेका धानबाली सुक्न थालेको हो । सरकारी बोर्डिङ सिँचाइ यन्त्र भएपनि त्यसबाट पानी आउन नसक्दा खेतमा रोपाई नै नभएको किसानको भनाइ छ । 

वर्षा नहुँदा भू–आधारित सिँचाइको स्रोत सुक्न पुगेको भन्दै किसानले सरकारसँग प्रभावकारी सिँचाइको माग गरेका छन् । 

कृषिमा निर्भर किसानले सरकारले सिँचाइको उचित व्यवस्था नगरेसम्म यो संकट झन गहिरिँदै जाने बताएका हुन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *