समाज

तनहुँमा हल गोरु पाल्ने किसानले पाए अनुदान

तनहुँमा हल गोरु पाल्ने किसानले पाए अनुदान

काठमाडौं । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । 

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि म्याग्दे गाउँपालिकाले प्रति हलगोरुलाई ४ हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । 

आर्थिक वर्ष २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरूप अनुदान दिँदै आएको छ । गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक–एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ ।

यसरी अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *