समाज

सर्लाहीमा स्थानीय बासिन्दा खानेपानीको चरम समस्यामा

सर्लाहीमा स्थानीय बासिन्दा खानेपानीको चरम समस्यामा

सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवा लगायत विभिन्न स्थानीय तहमा पछिल्लो समय चपाकल ह्याण्डपम्प सुक्दै जान थालेपछि स्थानीय बासिन्दा खानेपानीको चरम समस्यामा परेका छन् । 

वर्षौंदेखि भू–जललाई नै प्रमुख श्रोतको रूपमा प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी अहिले चपाकल सुक्न थालेपछि दैनिक उपभोगको लागि समेत पानीको व्यवस्था गर्न सकस भोग्न थालेका छन् । मलङ्गवा खानेपानी समस्या भएपछि नेपाल खानेपानी संस्था मलङ्गवामा घरमा धारा जोड्ने सेवाग्राहीको अधिक चाप बढेको खानेपानी कार्यालयले जनाएको छ । 

अत्याधिक गर्मीको समय कलमा पानी नआउँदा ठूलो समस्या भोग्नुपरेको मलङ्गवा नगरपालिकावासीहरुको गुनासो छ । सम्बन्धित निकायहरु समेत खानेपानी समस्या प्रति चासो नदेखाएको स्थानियहरुको भनाई छ । 

सर्लाहीमा गर्मीयामको शुुरुआतसँगै पानीको तह लगातार घट्दै गएको छ । विशेषगरी यहाँ चैत महिनादेखि नै भूमिगत जलस्रोतमा कमी देखिएको थियो । तर, अहिले आएर चपाकलहरुनै सुक्न थालेको छ । 

भूजलको अत्यधिक दोहन, वर्षा पानीको उचित संरक्षण नहुनु र वातावरणीय सन्तुलनमा आएको असन्तुलनले यो समस्या झन् जटिल बनाएको विज्ञहरू बताउँछन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *