Siddarth bankविज्ञापन
समाज

मोरङमा नाबालिकाको हत्या, शंकास्पद १ जना प्रहरीको नियन्त्रणमा

मोरङमा नाबालिकाको हत्या, शंकास्पद १ जना प्रहरीको नियन्त्रणमा

मोरङ । मोरङको धनपालथान गाउँपालीका ६मा एक नाबालिकाको हत्या भएको छ । 

शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी ५ वर्षीया छोरी आक्तिया सरदारको शव फेला परेको हो ।  

बालिकाको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उक्त घटनामा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । 

प्रहरीका अनुसार बालिकाको अनुहार घाँटीलगायत शरीरका विभिन्न भागमा चोट समेत लागेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *