Siddarth bankविज्ञापन
समाज

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । 

आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा निर्यात गर्न थालेको हो । देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ७०० मेगावाट पुगेको छ । 

हाल धेरै माग हुँदा २ हजार मेगावाट र सामान्य माग १ हजार ८०० मेगावाटको हाराहारीमा रहेको छ । आन्तरिक माग पुरा गरेपछि बचतमा रहेको विद्युत् भारत र बंगलादेशमा निर्यात हुँदै आएको छ । अहिले भारतमा साढे ६ सयदेखि ७ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात भैरहेको छ । 

नेपालले हाल भारतसँगको विद्युतीय व्यापार प्रणाली अन्तर्गत दैनिक ७०० मेगावाट हाराहारीमा विद्युत् निर्यात गरिरहेको छ । यस्तै, बंगलादेशमा पहिलोपटक नियमित रुपमा असार १ देखि ४० मेगावाट विद्युत् निर्यात शुुरु गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *