डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा अब नागरिकले राष्ट्रिय परिचयपत्रका लागि घरैबाट अनलाइन दर्ता सेवा पाउने भएका छन् ।
पालिकाका स्वास्थ्य उपसंयोजक निमाधार्के गुरुङको नेतृत्वमा, आइटी सहायक सोनाम साङ्वो लामा तथा वडा प्रतिनिधि र कर्मचारीको टोलीले साल्दाङबाट अनलाइन सेवा सञ्चालन गरेको हो ।
गाउँपालिकाले आवश्यक इन्टरनेट उपकरण र प्राविधिक खर्च आफैं व्यहोरेर जिल्ला प्रशासन कार्यालय डोल्पासँगको समन्वयमा सेवा विस्तार गरिरहेको छ । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गम हिमाली क्षेत्रमा सेवा पुर्याउन स्थानीय तहहरू सक्रिय देखिएका छन् ।
परिचयपत्रका लागि करिब एक साताको पैदल दूरीमा पर्ने जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता हटेसँगै स्थानीयवासी पनि उत्साहित बनेका छन् ।