समाज

अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काठमाडौं । वर्षासँगै आएको भेलले पूर्वी तराई तथा मध्यपहाडी जिल्लालाई जोड्ने बिपी राजमार्ग सञ्चालनमा आएको छ । 

सोमबार राति परेको वर्षासँगै आएको भेलका कारण अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार बिहान साँढे ८ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सोमबार राति वर्षाका कारण बिपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजन भक्तपुरको स्काभेटर, जेसीबिको सहायताले सडक पूर्ण रुपमा सुचारु गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *