मुख्य समाचार

भारत–पाकिस्तान तनावका कारण रोकिएको आईपीएल आजदेखि शुरु

भारत–पाकिस्तान तनावका कारण रोकिएको आईपीएल आजदेखि शुरु

काठमाडौं । भारत–पाकिस्तान तनावका कारण रोकिएको इण्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरू आज देखि फेरि शुरु हुँदैछ । 

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरू आजबाट शुरु गरेको हो ।

आईपीएल पुनस् शुरु हुँदाको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा शुरु हुनेछ ।

भारत–पाकिस्तान तनावका कारण बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल अनिर्णीत भएर रोकिएको थियो । तर, अब बीसीसीआईले यो खेल फेरि आयोजना गर्ने निर्णय गरेको  छ । 

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन् भने ७ टिम प्लेअफ होडमा रहेका छन् । अंकतालिकामा गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रो स्थानमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रो स्थानमा, मुम्बई १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ ।

यस्तै दिल्ली ११ खेलमा १३ अंकसहित पाँचौं स्थानमा, कोलकाता १२ खेलमा ११ अंकसहित छैटौं स्थानमा र लखनउ ११ खेलमा १० अंकसहित सातौं स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *