मुख्य समाचार

आई.पी.एल. फाइनल : आज बेंगलुरु र पञ्जाब भिड्दै

आई.पी.एल. फाइनल : आज बेंगलुरु र पञ्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । 

उपाधिका लागि पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा राती पौने ८ बजे प्रतिस्पर्धा हुन लागेको हो । 

लिगले तीन वर्षपछि नयाँ च्याम्पियन पाउनेछ। आई.पी.एल.मा सन् २०२२ गुजरात टाइटान्सले उपाधि जितेको थियो ।  बैंगलोर चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका हुन्, तर यी दुई टोली पहिलो पटक फाइनल भिड्दैछन्।

आई.पी.एल.को १८ वर्ष लामो इतिहासमा दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन् । पञ्जाब र बैंगलोर आई.पी.एल.मा हालसम्म ३६ पटक आमने सामने हुँदा १८–१८ खेल जित्दै रोचक बराबरी खेलेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *