एजेन्सी । स्विट्जरल्यान्डमा हिमनदी फुटेर आएको बाढीका कारण तटीय क्षेत्रमा पर्ने ब्लाटन गाउँको झन्डै ९० प्रतिशत भाग पुरिएको छ ।
स्वीस पर्वतीय हिमनदी पग्लिएर आएको ढुङ्गा, माटो तथा ग्रेग्रानयुक्त पहिरोले उपत्यकाका रूपमा रहेको गाउँमा घरलगायतका संरचनाहरू पुरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्वीस सरकारले १५ लाख क्युबिक मिटर बराबरको हिमनदीको ठूलो भाग पग्लिने तथा फुट्ने जोखिम रहेको भन्दै एक हप्ताअघि नै ब्लाटनका झन्डै तीन सय जना बासिन्दालाई सुरक्षित ठाउँमा पठाएको थियो ।
स्वीट्जरल्यान्डका वातावरण मन्त्री अल्बर्ट रोस्तीले घरबासमा क्षति पुगेका नागरिकलाई पुनस्र्थापना गर्ने पनि प्रतिबद्धता जनाएका छन । पछिल्लो दुई वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीको १० प्रतिशत पग्लिएर गएको देखिएको छ ।