मुख्य समाचार

मानव तस्करसँगको साँठगाँठमा गृह मन्त्री र उनको सचिवाल मुछियो, अख्तियारद्वारा छानवीन जारी

मानव तस्करसँगको साँठगाँठमा गृह मन्त्री र उनको सचिवाल मुछियो, अख्तियारद्वारा छानवीन जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृह मन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नियमित सम्पर्क र समन्वय भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अख्तियारले भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरेर छोडे पछि पनि उनको मोबाइल लगायतका सामाग्रीको अध्ययनले नियमित सम्पर्क भैरहेको देखाएको हो । गृह मन्त्री र उनको सचिवालयकै संरक्षणमा विमानस्थलबाट दैनिक ४० लाख रुपैयाँसम्म सङ्कलन भएका विवरणहरू सार्वजनिक भइरहेका छन् । 

गृह मन्त्री रमेश लेखक पनि गम्भीर विवादमा मुछिएका छन् । आयोगले अध्यागमन कार्यालयका प्रमुख भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर अध्ययन गरिरहेको छ । उनले राजनीतिक नेतृत्व ट्राभल एजेन्सी, वैदेशिक रोजगार व्यवसायी र सरकारी कर्मचारीको मिलेमतोमा विमानस्थलमा सेटिङ मार्फत पैसा उठाउने गरेको विषयमा अख्तियारले छानविन गरिरहेको हो । 

अख्तियारले हालसम्मका बयान, डिभाइस फरेन्सिक जाँच, र वित्तीय विवरण मार्फत तस्करीबापत पैसा उठाउने गरेको प्रमाण फेला पारेको बताइएको छ । यसरी उठाईने रकम ‘दोस्रो व्यक्तिको खाता’ प्रयोग गरेर अध्यागमन प्रमुखसम्म पुगेर बाँडफाँड हुने गरेको बताइन्छ । विमानस्थलमा खाडी मुलुक जाने व्यक्तिसँग प्रतिव्यक्ति ५० हजार र युरोप जानेसँग ३ लाख रुपैयाँसम्म असुली हुने गरेको बताइन्छ ।

अध्यागमनका भट्टराई २०७२ सालको भूकम्पपछि राहत त्रिपाल घोटालामा मुछिएका थिए । अदालतबाट सफाइ पाएपछि तीर्थराजको निलम्बन फुकुवा भएको थियो । प्रतिव्यक्ति ३ लाख रूपैयाँसम्म लिएर युवालाई भिजिट भिसामा विदेश पठाउने गरिएको उजुरीपछि अख्तियारले बुधबार विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेको थियो । भट्टराईमाथि मुख्यतया दुबईलगायतका मुलुकमा यात्रा गर्न चाहने नेपाली नागरिकहरूलाई भिजिट भिसा सहज गरिदिने नाममा ठूलो रकम असुलेको आरोप छ ।

भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *