मुख्य समाचार

बेलायतका राजाको क्यानडाको संसदमा ऐतिहासिक सम्बोधन

बेलायतका राजाको क्यानडाको संसदमा ऐतिहासिक सम्बोधन

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयले क्यानडाको संसदमा ऐतिहासिक सम्बोधन गरेका छन् ।

नयाँ संसदीय सत्रको उद्घाटन गर्दै चाल्र्स तृतीयको झण्डै ५० वर्षपछि क्यानडाको संसदमा सम्बोधन गरेका हुन् । सम्बोधनमा प्रधानमन्त्री मार्क कार्नीको नेतृत्वमा नयाँ अध्याय शुुरू भएको उल्लेख गर्दै चार्ल्सले अनिश्चित विश्वमा क्यानडाको परिवर्तनशील भूमिकालाई जोड दिए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले क्यानडाको नवीनता र एकताको प्रशंसा गर्दै यसलाई साहसी र गतिशील राष्ट्रको रूपमा वर्णन गरेका छन् । बदलिंदो अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापार प्रणाली प्रति संकेत गर्दै राजा  चार्ल्सले विशेषगरी युरोपसँग पुनः साझेदारी र अमेरिकासँग रणनीतिक संवादको आवश्यक्तामा जोड दिए ।  

क्यानडालाई अमेरिका अन्तर्गत ल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणबीच बेलायती राजा क्यानडा भ्रमणमा गएका हुन् ।  द्विपक्षीय तनावको सन्दर्भमा यो सम्बोधनले क्यानडाको सार्वभौमिकताको सन्देश दिएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *