समाज

प्रधानमन्त्री ओलीद्वारा भानुभक्त जन्मजयन्तीको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गडरेका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल लेखेका छन्, “आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।” 

आज देशभरि नै आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *