समाज

भिरबाट हाम फाल्दा श्रीमान् घाइते, श्रीमतीको मृत्यु

भिरबाट हाम फाल्दा श्रीमान् घाइते, श्रीमतीको मृत्यु

काठमाडौं । चितवनमा भिरबाट हाम फाल्दा श्रीमान् घाइते भएका छन् भने श्रीमतीको मृत्यु भएको छ । 

भिरबाट हाम फाल्दा मंगलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार श्रीमानसाग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । 

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *