समाज

१२ वर्ष लगाएर खेलमैदान निर्माण

१२ वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा शुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ । 

ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर शुुरु गरेको खेलमैदान निर्माणकार्य यो वर्ष पूरा भएको हो । स्थानीय युवाहरूको अगुवाइमा समुदायस्तरबाट शुुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको हो । 

एकतीस मिटर लम्बाइ र १६ मिटर चौडाइको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको १० लाख र  एक लाख १८ हजार १४८ बराबरको श्रमदानमा खेलमैदानको बाहिरी भाग र स्टेज ढलान गरिएको उपभोक्ता समितिले जनाएको छ । 

अन्नपूूर्ण गाउँपालिकाबाट ३४ लाख र गण्डकी प्रदेश सरकारबाट पाँच लाख गरी ३९ लाख विनियोजन भएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *