समाज

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको छ । 

शुक्रबार बसेको बैठकले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको हो । 

आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तर्राष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको बताए । 

उनले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नीतिगत र कानूनी सुधार गरिरहेको दाबी समेत गरे । राष्ट्रियसभाको अर्को बैठक असार २४ गते मङ्गलबार बोलाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *