मुख्य समाचार

भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गता सम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै  औषधि पनि वितरण गरिएको छ ।

अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । निःशुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका–७ का स्थानीय जगत श्रेष्ठले बताए । “भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन सकेका थिएनौँ, निःशुल्क स्वास्थ्य शिविर मार्फत उपचार गर्न पायौँ”, उनले भने ।  

वडाकोको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास्थ्य बिमाबापत वार्षिक तीन हजार ५०० मध्ये दुई हजार ५०० वडाले र बाँकी एक हजार नागरिक स्वयंले व्यहोर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *