ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् ।
हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनको ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते र छोरा जगत, बुहारी सरस्वता र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएका हुन् ।
मंगलबार राती कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिएको बताएउको छ ।
घाइते ठगमायालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको जनाइएको छ ।