समाज

पूर्वराष्ट्रपति भण्डारीले आज पत्राकार सम्मेलन गर्दै

पूर्वराष्ट्रपति भण्डारीले आज पत्राकार सम्मेलन गर्दै

काठमाडौं । सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी छन् । 

आज दिउँसो बबरमहलस्थित एक बैंक्वेटमा उनले पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । गत मंगलबार एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो ।

सो निर्णयमा एमाले नेताहरुले असहमति जनाएका छन । आफू पछाडि नहट्ने अडान लिएकी भण्डारीले आज आफ्नो आगामी यात्राबारे जानकारी दिने बताईएको छ ।

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर, विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *