काठमाडौं । नेपाली कांग्रेसका पाँच पदाधिकारी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।
नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन् ।
नेपाली कांग्रेसका ‘सात भाइ’ सोमबार नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले निकालेका निष्कर्षबारे जानकारी गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
सात जनाको समूहमा रहेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा।शशांक कोइराला भने देउवा निवासको भेटमा सहभागी नभएको बताइएको छ ।