मुख्य समाचार

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा ८० जनाको मृत्यु

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा ८० जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजामा गरेको हवाई आक्रमण ८० जनाभन्दा बढीको मृत्यु भएको छ । 

मङ्गलबार राति र बुधबार बिहान उत्तरी गाजामा इजरायलले शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । जबालियास्थित इन्डोनेसियाली अस्पतालले आक्रमणमा ८० जनाको मृत्यु भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा २२ जना बालबालिका र १५ जना महिला मारिएको बताइएको छ ।  हमासले एक इजरायली–अमेरिकी बन्धकको रिहाइमा मध्यस्थता गरेको एक दिनपछि आक्रमण भएको हो ।  

इजरायली सेनाले आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । यसैबिच हमासको पूर्वाधारलाई लक्षित गरी सैन्य कारबाही अघि मङ्गलबार राति जबालियाका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *