मुस्ताङ । मुस्ताङमा आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा विस्तार गरिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको विनियोजित बजेट ३४ लाख लागतबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको बिहिबार पूर्वाधार निर्माणसहित आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले साविकमा प्रवाह गर्दै आईरहेको सेवालाई थप विस्तार गरेको हो । शारिरीक तथा मानसिक बिरामी र स्वस्थ्यकर मानिसका लागि पनि थप स्वस्थ रहन यहाँको आयुर्वेद उपचार पद्यती प्रभावकारी हुने विश्वास गरिएको छ ।
केन्द्रमा थेरापी सेवा, पञ्च कर्म÷पूर्व कर्म, सिरोधारा, साउना,विस्तारित ओपडी सेवा, शल्यकर्म,अग्निकर्म र मर्म चिकित्सा लगायतका सेवाहरु विस्तार गरिएको छ ।
