समाज

म्याग्दीमा कटान र बाढी नियन्त्रणका लागि जलविद्युत आयोजना मार्फत तटबन्ध निर्माण

म्याग्दीमा कटान र बाढी नियन्त्रणका लागि जलविद्युत आयोजना मार्फत तटबन्ध निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि जलविद्युत आयोजनाहरु मार्फत तटबन्ध निर्माण भएको छ । 

चिमखोलामा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाको सहयोगमा चिमखोला गाउँको फेदीबाट बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दुरीमा तटबन्ध बनाईएको हो । करिब ८० लाख खर्चेर तटबन्ध निर्माण भएको स्थानीयले बताए । 

चिमखोला–मङ्गले–राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनीहरुले रघुगङ्गा गाउँपालिका र वडाका जनप्रतिनिधीहरुको समन्वयमा तटबन्ध बनाइएको हो । 

बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगङ्गा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *