मुख्य समाचार

बेलायत, फ्रान्स र क्यानडाका नेताद्वारा गाजमा जारी आक्रमण तत्काल रोक्नुपर्नेमा जोड

बेलायत, फ्रान्स र क्यानडाका नेताद्वारा गाजमा जारी आक्रमण तत्काल रोक्नुपर्नेमा जोड

एजेन्सी । बेलायत, फ्रान्स र क्यानडाका नेताले गाजमा जारी आक्रमणलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । 

इजरायलले अटेर गरेमा प्रतिबन्ध लगाउनु पर्ने समेत ती देशका नेताको भनाइ छ । वार्ताको बीचमा पनि इजरायलले हवाई छाडेर जमिन आक्रमणलाई निरन्तरता दिएपछि पश्चिमा मुलुकको पछिल्लो चेतावनी आएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राहत वितरणमा पनि इजरायलले अवरोध गरेको बताइएको छ । इजरायली सेनाले भने हमासलाई निर्मूल नै पार्ने चेतावनी दिएको छ । हमासले सबै बन्दी रिहा नगरेसम्म यो आक्रमण जारी राख्ने इजरायलले जनाएको छ । 

गत बिहीबार शुुरु भएको सो अपरेसनका कारण ४ सय जनाको ज्यान गइसकेको छ । उता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले युद्धग्रस्त गाजा क्षेत्रमा २० लाख मानिसहरु भोकमरीको सामना गरिरहेको बताएको छ । 

इजरायलको नाकाबन्दी र मानवीय सहायता पुर्‍याउने ठाउँको अभावले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा असर गरेको उसको भनाइ छ । उता इजरायलले आवश्यक मात्रामा खाद्य वस्तु पुर्‍याउन अनुमति दिने बताएको छ । जसबाट १० हप्ताको नाकाबन्दीपछि भोकमरीको सङ्कट उत्पन्न नहुने अपेक्षा गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *