भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ ।
विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखीको टुकीको साहरामा रात कटाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
वषौँबाट टुकी तथा सोलारको उज्यालोमा जीवन गुजरा गरिरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको छ । विद्युत विस्तारले उज्यालोसँगै कुटानी, पिसानी तथा दैनिक कामकाजमा सहज भएको छ ।
अध्यारोमा रात काट्नु पर्ने अवस्थामा अहिले विद्युतिय उपकरण जडान गरेर काम गर्न सक्ने वातावरण निर्माण भएपछि स्थानीय हर्षित छन । सीमित श्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाले जनाएको छ ।
नौ सय ४१ घरपरिवार रहेको यो वडाको कुल जनसङ्ख्या तीन हजार २८३ रहेको छ ।