Siddarth bankविज्ञापन
समाज

दार्चुलाको खानेपानीमा इकोली जीवाणु

दार्चुलाको खानेपानीमा इकोली जीवाणु

काठमाडौं । दार्चुलाको सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । 

स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो ।

इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको छ । खलङ्गामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट ल्याइएको हो । एक महिनाअगाडि सोही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही खोलाको पानी सिधै डुङ्गरीस्थित ट्याङ्कीमा हालेर धारामा पठाइएको थियो । तर, ट्याङ्कीमा क्लोरिन नराखिँदा पानी धमिलो र दूषित देखिएको हो । 

पानीको मूल स्रोत, प्रशोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालयको भनाइ छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *